दैलेख-दैलेखमा फोर्स गाडी दुर्घटना भएको छ ।

सुर्खेतदेखि जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका-१ तल्लोडुंगेश्वर नजिक दुर्घटना भएको हो ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका र घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख गणेश बरालले जानकारी दिए ।

उकालोमा यात्रु चढाउन लाग्दा गाडी ब्याक भएर सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको बताइएको छ ।