सुनको मूल्यमा भारी गिरावट,एकैदिन प्रतितोला १४ सयले घट्यो
खबर एक्सप्रेस
२०७८-०६-०१ ११:४१ मा प्रकाशित
Total Shares: 202
काठमाडौं - सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ।
चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस