काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार इच्छुक उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्।
मनोनयन दर्तापछि दिउँसो ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ। प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय तोकिएको छ।
दाबी–विरोधमाथि निर्वाचन समितिले साँझ ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गर्नेछ। त्यसपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
यससँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

.gif)


