काठमाडौं - विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।
प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै, प्रस्तावित राजदूतहरूले पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची छ।

.gif)


