काठमाडौं - नेपाली कांग्रेसको सभापति पदका लागि किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसलाई थप एकताबद्ध बनाउने एजेन्डासहित आफू सभापतिको दौडमा उत्रिएको राठौरले बताए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ।
सभापति पदमा यसअघि गगन थापा उम्मेदवारीका लागि स्वाभाविक दाबेदारका रूपमा अघि देखिएका छन् भने सोमबार श्यामकृष्ण खड्कीले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।
राठौरको घोषणासँगै कांग्रेस सभापति पदको प्रतिस्पर्धा थप बहुपक्षीय बनेको छ।

.gif)


