दोलखा - सहकारी तथा आर्थिक पत्रकारीताको क्षेत्रमा लामो समय कलम चलाएका राजन बस्नेत आर्थिक पत्रकरीता पुरस्कारबाट सम्मानित भएका छन् ।

२०६८ सालबाट कृयाशील पत्रकारका रूपमा परिचीत बस्नेतलाई अन्तर्राष्ट्रिय रूपमा सिल्भर एक्सिस ब्रान्ड प्राप्त मिलिजुली कालिन्चोक साकोसले नगदसहित सम्मान गरेको हो ।

राष्ट्रिय मिडियामा समेत आफ्नो छवि बनाउन सफल बस्नेत नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद समेत हुन । बस्नेतले समाजमा रहेका विकृती, विसंगती विरुद्ध आफ्नो कलम चलाउदै राष्ट्रियता, अखण्डता, सार्वभौमसता, देशमा सुशासन कायम गर्न पत्रकारिताको माध्यमबाट अहम भूमिका खेलेको र पत्रकारिताको माध्यमबाट जनतामा सहकारीका गतिविधिहरुलाई कलात्मक र सरल भाषा, समाचार र लेख मार्फत गाऊँ स्तरसम्म पु¥याउन अहम भूमीका खेलेको भन्दै राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३ बाट सम्मानित बस्नेतलाइ नगद सहित सम्मान गरेको मिलिजुली कालिन्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए ।

मिलिजुली कालिन्चोक साकोसले आर्थिक पत्रकारीता पुरस्कार बाट सम्मानित गरेको मिलिजुली कालिन्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए ।

मिलिजुली कालिन्चोक साकोसको २८ औं वार्षिक साधरण सभाको अबसरमा आयोजित सम्मान कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सस्था दोलखाका अध्यक्ष भुमिराज खड्काले कार्यक्रम उद्घाटन गरेका थिए । यस अधि साकोसका सचीव ठाकुर पाठकले प्रस्तुत गरेको वार्षिक निति तथा कार्यक्रम ,कोषअध्यक्ष मनोज श्रेष्ठको आर्थिक प्रगति प्रतिवेदन सर्बसहमत रूपमा पारित भएको थियो ।

कार्यक्रममा असल ऋणि , असल बचतकर्ता , नियमित बचतकर्ता , असल कर्मचारी , दैनिक उत्कृष्ट बचतकर्ता , स्थापना कालका सदस्य , पुर्ब संचालक ,पुर्ब लेखा सुपरीवेक्षक समिति , बाल बचतकर्ता र एसइइमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र एक छात्रालाई नगदसहित सम्मान गरिएको मिलिजुली कालिन्चोक साकोसले जानकारी दिइएको छ ।

३१ हजार भन्दा बढि सदस्य रहेको मिलिजुली कालिञ्चोक साकोसको कुल पुँजी १ अरब १६ करोड ४९ लाख १ हजार ४ सय २१ रहेको साकोसका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

२०६८ साल बेशाख ८ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) सँग लिखित सम्झौता गरि ९ब्ऋऋग्० ले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भई ८६ वटा सुचाङ्कहरु पुरा गर्दै संस्थाले सन २०१७ को परिक्षणबाट ब्रोन्च ब्राण्ड प्राप्त गर्न सफल भएका थियो । त्यसैगरी उक्त ब्राण्ड पाएपछि साकोसले निरन्तर रुपमा ८६ वटा सुचकहरुलाई थप सुधार गर्दै सन २०१८ को परिक्षणमा १ तह माथिको सिलभर ब्राण्ड प्राप्त गरेको थियो ।

त्यसैगरी सन् २०१९ को परिक्षणबाट सिलभर ब्राण्डलाई निरन्तरता दिन सफल भएको मिलिजुली कालिञ्चोक साकोसले सुशासनका साथ संस्था संचालन भएको २०६९ सालमा राष्ट्रिय सहकारी बैंकबाट मध्यमाञ्चल उत्कृष्ट, २०७१ सालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) बाट नेपाल उत्कृष्ट आर्थिक वर्ष २०७१÷०७२, २०७३÷०७४ र २०७४÷०७५ मा आन्तरिक राजश्व कार्यलयबाट उत्कृष्ट करदाता सम्मान, २०७६ सालमा नेफ्स्कुनबाट एकिकरण कार्यमा नेपाल उत्कृष्ट सम्मानबाट सम्माणित भएको मिलिजुली कालिञ्चोक साकोस देशकै नमूना साकोसको रुपमा स्थापित छ ।

कार्यक्रम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।