एमालेको नयाँ नेतृत्व चयन गर्न आज मतदान
काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन् ।
हिजो साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।
मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस