भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्डमा
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी ९आरसिइपी० को सम्मेलनमा सहभागीता जनाउने एएनआइले उल्लेख गरेको छ।
सम्मेलनमा सहभागी हुने बाहेक मोदीले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नेछन्।
भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उनले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ।
बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ। त्यसपछि उनी थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुने छन्।
आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्ने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
फेसबुक पेज Like गर्नुहोस