काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

जुम्लाको स्याउ बाँडेर पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिदेखि बैठक बसेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनका विषयमा विस्तृत छलफल हुँदैछ। पार्टीको आगामी रणनीति तय गर्नुका साथै सांगठनिक संरचनालाई थप सुदृढ बनाउने विषयमा पनि बैठक केन्द्रित रहनेछ।

बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा विभिन्न विभागका प्रमुख र उपप्रमुख मनोनयनबारे आवश्यक निर्णय गर्नेछ।

त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानबारे पनि बैठकमा छलफल हुनेछ।

बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्टसमेत प्रस्तुत गरिनेछ। उक्त रिपोर्टमाथि समीक्षा गर्दै आवश्यक निर्णय लिइने प्रवक्ता खरेलले जानकारी दिएका छन्।