काठमाडौं - हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ।