काठमाडौं - संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ । बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ८ः३० मा बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ ।
बिहान ९ः३० मा बस्ने न्याय समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेको थुुनुवाहरूको मानवअधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलन ९कोप ३१०को सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीको बारेमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



