काठमाडौं - साताको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर २६ सय ३ मा आएर राेकिएकाे छ ।

सुरुवाती समयमा केही सकारात्मक रहेको नेप्से उतार चढावहुँदै २५ सय ८८ सम्म झरेर अन्तिममा २६ सय हाराहारीमा आएर राकिएकाे हाे । अधिकांश समूह ओरालो लाग्दा साढें ४ अर्बमाथिको कारोबार भयो ।

निर्जीबन बीमा र अन्यबाहेक बाँकी समूह ओरालो लागेका छन् । व्यापार समूहमा सबैभन्दा उच्च झण्डै २ प्रतिशतले गिरावट आउँदा अरु धेरैजसो समूह दोहोरो अंकले ऋणात्मक रहेकाे छ । घटेको बजारमा पनि आईसीएफसीको ऋणपत्रका लगानीकर्ताले ९ प्रतिशत कमाएका छन् ।