बजेट खर्च झन् कमजोर
खबर एक्सप्रेस
२०७६-१०-०२ ११:०० मा प्रकाशित
Total Shares: 274
काठमाडौं - प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षको भन्दा कमजोर देखिएको छ ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ रुपैयाँ सरकारी खातामै थन्किएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार पुस २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ ।
राजस्व, वैदेशिक अनुदान तथा ऋणलगायत शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात छ । कात्तिकसम्म मौज्दात रकम १ खर्ब ५० अर्ब मात्रै थियो ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस