दुर्गा प्रसाईं नेतृत्वको अभियानले फिर्ता लियो आजको आमहड्ताल
काठमाडौं - दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान ले आजदेखि घोषणा गरेका सबै विरोध कार्यक्रम फिर्ता लिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताले सकारात्मक मोड लिँदै आन्दोलन स्थगित गर्ने सहमति बनेको हो ।
वार्तापछि जारी गरिएको सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्यसल्लाहकार अजयभद्र खनाल र अभियानका सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्।
वार्तामा अभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत संवाद भएको र शान्ति–सुरक्षालाई प्राथमिकता दिँदै निरन्तर छलफल र सहजीकरणमार्फत जायज मुद्दाहरू समाधान गर्ने प्रतिबद्धता सरकारका तर्फबाट व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
सहमतिपछि महाअभियानले घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताल तथा अन्य विरोध कार्यक्रम तुरुन्तै फिर्ता लिने निर्णय भएको छ।
दुबै पक्षले यथाशीघ्र अभियान नेतृत्वसहितको अर्को चरणको वार्ता गरिने सहमति जनाएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस