एमाले सांसद श्रेष्ठद्धारा मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न माग
काठमाडौं - नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छिन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
सरकारका मन्त्रीहरूसंग त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु,' उनले भनिन् ।
केहीअघि प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरुले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
उक्त विवरणमा प्रधानमन्त्रीसहित सबैजसो मन्त्रीको ठुलो मात्रामा सुनको सञ्चिति देखिएको थियो ।
यसैगरी सांसद श्रेष्ठले प्रधानमन्त्रीले मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइरु भन्दै प्रश्न गरिन्।
फेरि पनि प्रधानमन्त्री मेयर हुँदा राखेको ग्रेटर नेपालको त्यही नक्सा माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ ? उनले थप भनिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस