कल सेन्टरमा प्रहरीकाे छापा: अश्लिल सन्देश पठाउने १५० युवायुवती पक्राउ
खबर एक्सप्रेस
२०७९-०४-०८ ०४:३८ मा प्रकाशित
Total Shares: 253
काठमाडौं ,बुटवल - ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट १५० जना पक्राउ परेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा संचालित कल सेन्टरले ठगी कार्य गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो।
३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सो कल सेन्टरबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको पाइएको छ।
सो कल सेन्टरमा चिनियाँ र भारतीय नागरिक समेतको लगानी रहेको पाइएको छ।
फेसबुक पेज Like गर्नुहोस