नबिल म्युचुअल फण्डद्धारा सञ्चालित दुबै फण्डले गरे लाभांश घोषणा
खबर एक्सप्रेस
२०७८-०५-२३ १२:२९ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेका छन् ।
हालै बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेसँगै नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएका हुन् ।
यी दुई फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस