काठमाडौं, कैलाली - कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका– ४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर  हिजो बुधबार साँझ मृत्यु भएको हो। सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर लिप्पोतको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन्।

घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।