पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा
काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई थुनामा पठाउने आदेश जारी गरेको हो।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। मंगलबार अदालतमा उनको बयान (बकपत्र) भएको थियो भने बुधबार बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई आइतबार काठमाडौंको थापाथलीबाट पक्राउ गरेको थियो। सोही दिन पक्राउ परेका उनलाई भन्सार छली र संगठित अपराधको कसुरमा सोमबार अभियोगपत्रसहित जिल्ला अदालतमा पेश गरिएको थियो।
महरा यसअघि पनि २०७९ पुस १० गते फ्लाई दुबईको विमानमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङसँग सम्बन्धित सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति हुन्।
उक्त समयमा लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा राखिएका ७३० वटा विद्युतीय चुरोट (भेप) मार्फत ठूलो परिमाणमा सुन ल्याएको पाइएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस