काठमाडौं - रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । 

काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको संलग्नता भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो । 

हाल अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले त्यतिबेला आरोपितमाथि ‘कल डिटेर रेकर्ड’ हेरेर अनुसन्धान नगरिएको बताए । त्यतिबेला आरोप लागेका व्यक्तिमाथि प्रहरीले प्राविधिक अनुसन्धान गरेको थिएन । यसैबीच आलमको त्रासमा पीडित परिवार रहेका छन् । अब दोषी उम्किए बाँचन नदिने भन्दै पीडित परिवार त्रासमा रहेको खबर  छ।  

कान्तिपुर दैनिकबाट