काठमाडौं - गृहमन्त्री सुधन गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहकार्यलाई थप अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
नेपाल र भारतबीच सीमा सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा समन्वय बढाउने विषयलाई भेटवार्तामा प्राथमिकता दिइएको दूतावासले जनाएको छ।

.gif)


