काठमाडौं - केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस घटिसकेको छ।

आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।