बढ्यो पेट्रोलियम पदार्थको मूल्य
खबर एक्सप्रेस
२०८०-१०-१७ ०९:१५ मा प्रकाशित
Total Shares: 118
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।
यस्तै निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ ।
फेसबुक पेज Like गर्नुहोस