नेपालमा आज थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-०२ ०४:४० मा प्रकाशित
Total Shares: 305
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४० हजार ३६३ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस