धनगढी - कैलालीको धनगढीबाट भन्सार छलीका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित एक भारतीय मिनी ट्रक चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट शुक्रबार राति शङ्कास्पद अवस्थामा रहेको यूपी २३ टी ८६७५ नम्बरको भारतीय मिनी ट्रक जाँच गर्दा मोबाइल डिस्प्ले र विभिन्न प्रकारका तरकारी फेला परेका हुन्।
प्रहरीले सामान ओसारपसारमा प्रयोग भएको मिनी ट्रकसहित भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खानलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामान र मिनी ट्रकको अनुमानित मूल्य २६ लाख ८८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

.gif)


