गोरखा - गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले चार–पाँच वटा बस्ती प्रभावित बनाएको छ ।
बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक सूचना छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले नदी किनारका बस्तीमा क्षति पुर्याएको छ भने खोला वारपार गर्ने पुलहरू बगाएको छ। बाढीका कारण उक्त क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।
उनले बाढी प्रभावित क्षेत्रको अवस्था नाजुक रहेको बताउँदै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिइन्। प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने र क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको उनको भनाइ छ।
प्रहरी चौकीका असई ऋषिराम यादवले सल्लेरी बजार बगाएको र जगत बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएको बताए।
बाढीपहिरोले कुन–कुन बस्तीमा कति क्षति पुर्याएको छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको यकिन विवरण संकलनको अवस्था पनि स्पष्ट हुन बाँकी छ।

.gif)


