काठमाडौं - प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मातहतका प्रहरीहरुलाई चाडपर्व लक्षित सुरक्षा योजना सम्बन्धी आवश्यक निर्देशन दिएका छन्।
आईजीपी कार्कीले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, सम्पूर्ण तालिम केन्द्रहरु, जिल्ला प्रहरी कार्यालयहरु, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरु, सम्पूर्ण गण तथा गुल्महरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु लगायत प्रहरी निरीक्षक प्रमुख रहने प्रहरी कार्यालयहरुसम्मका कार्यालय प्रमुखहरुलाई समसामयिक विषय तथा चाडपर्व लक्षित सुरक्षा योजना सम्बन्धी आवश्यक निर्देशन दिएका हुन् ।
भर्चुअल कन्फरेन्स मार्फत संचालन भएको उक्त कार्यक्रममा विभागीय प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।
आईजीपी कार्कीले चाडपर्वलाई लक्षित गरी आफ्नो जिम्मेवारीको क्षेत्रमा आवश्यक जनशक्ति खटाई सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरुलाई पहिचान गरी समयमै नियन्त्रण गर्नुका साथै यातायात व्यवस्था समेत सहज बनाई शान्ति सुव्यवस्था प्रत्याभुत गर्न कुनै कसर नछाड्न निर्देशन दिएका हुन् ।

.gif)


