सिरहामा १५ वर्षीया किशोरी बलात्कृत
खबर एक्सप्रेस
२०७९-०४-१३ ०७:१२ मा प्रकाशित
Total Shares: 301
काठमाडौं,सिरहा - सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस