काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८९२ पुगेकाे छ । 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितकाे संख्या २२ हजार ५८४ पुगेकाे छ ।