झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा पुगेका छन् ।

ओली हवाइमार्ग हुँदै जेनजी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।

एमाले सचिवालयका अनुसार अध्यक्ष ओलीले भद्रपुर क्षेत्र नं १ का नेता कार्यकर्तासँग केहीबेर उक्त क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन् । त्यसपछि आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्यक्रम छ ।

त्यस्तै अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारी रहेको सचिवालयले जनाएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् । उक्त निर्वाचन क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पनि चुनाव लड्ने पक्का भइसकेको छ । ओलीलाई चुनौती दिन बालेन पनि आजै झापा जाँदै छन् ।