एजेन्सी - विश्वकै अग्रणी एआई चिप निर्माता अमेरिकी कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
कम्पनीको सञ्चालक समितिले बिहीबार उनको राजीनामा स्वीकृत गरेको हो। हुआङको राजीनामापछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ।
कम्पनीले स्थायी नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने जनाएको छ। हुआङको राजीनामा विवाहेत्तर सम्बन्धसम्बन्धी विवाद चुलिएका बेला आएको हो।
एक संदिग्ध चिनियाँ जासुससँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि उनले आफ्नी पत्नीप्रति इमानदार नरहेको स्वीकार गरेका थिए। त्यसको केही दिनमै एनभिडियाकै अर्की उच्च अधिकारीसँग पनि उनको सम्बन्ध रहेको खुलासा भएको थियो।
सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सनको सम्बन्ध रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
उनी चीनका लागि गुप्तचरका रूपमा काम गरिरहेको अमेरिकी गुप्तचर निकायहरूको आशंका रहेको समाचारमा उल्लेख छ। यद्यपि चीनले जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ।

.gif)



