काठमाडौं -  विराटनगर किङ्से पोखरा एभेन्जर्समाथि चार विकेटको सानदार जित हात पारेको छ। पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९. २ ओभरमा  ६ विकेट गुमाएर भेट्ट्याएको हो। 

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। लोकेश बम ३३, सेहेन जयसुर्या र १७ र इसुरू उदाना २५ रनमा अविजित रहँदा इमरान शेखले १० रनको योगदान दिए। 

एन्जेलो म्याथ्युजले ८ रन बनाउँदा प्रतिश जीसी र चरित असलंका शून्यमै पेभेलियन फर्के। पोखराका लागि कुशल भूर्तेल र रमेश मेन्डिसले समान दुई दुई विकेट लिए भने विपिन खत्री र धनन्जय लक्षणले समान एक एक विकेट लिए। 

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भयो। पोखराका लागि ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले। उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन्।

यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन्। विराटनगर किङ्सका लागि बलिङतर्फ उत्कृष्ट बलिङ गरे। 

उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए। त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ।  यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए।

यो हारसँगै पोखरा लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। पोखराले ६ खेलमा एक जित हात पार्दा पाँच खेलमा पराजय भोगेको छ।