काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड शुक्रबार बिहान मस्को प्रस्थान गरेका हुन् ।

प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि मस्को गएका छन् ।

उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

सम्मेलनमा सहभागी भएर प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूसँग भेटघाट र विचार आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।