काठमाडौं - स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि कात्तिक २३ गते एक तोला सुनको मूल्य २ लाख ८४ हजार ३०० पुगेको थियो।
यसैगरी चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार १५५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार ७०० निर्धारण भएको छ। कात्तिक २३ गते सोही परिमाणको चाँदी ३ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

.gif)



