रेशमलाई ५ घण्टा थुनाउने सर्वोच्चका अधिकृतलाई काठमाडौं अदालतले एक लाख धरौटीमा छाड्यो
कठमाडौं - रेशम चौधरीलाई ५ घण्टा थुनाउने महिमानसिंह विष्ट एक लाख धरौटीमा छुटेका छन्। जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।
उनी वैशाख १७ गते पक्राउ परेका थिए। प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
विष्टले आफूखुसी सर्वोच्चको पत्र बनाएर रेशम चौधरीलाई थुन्न काठमाडौं प्रहरीलाई आदेश दिएका थिए ।
उनले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।
त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो। अदालतले दिएको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस