काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा निर्मम ढङ्गले प्रस्तुत हुन मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।
मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीसहित मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पौडेलले सीमा सुरक्षा तथा समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे सम्बन्धित सरोकारवाला निकाय र सीमावर्ती स्थानीय बासिन्दासँग समेत जानकारी लिएका थिए।
त्यस क्रममा उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ गर्नकमाण्डरहरूलाई निर्देशन दिए। उनले उच्च सतर्कता, आपसी समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्नसमेत जोड दिए।



