काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको २५ लाख सहयोग
खबर एक्सप्रेस
२०८०-०९-२२ ०८:४८ मा प्रकाशित
Total Shares: 70
काठमाडौं - एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरेका छन् । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस