सातवटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
खबर एक्सप्रेस
१२ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् ।
यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् ।
सम्बन्धित सरकारका आर्थिक मामिला मन्त्रीले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्नेछन् ।
सङ्घ सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र पालिकाले असार १० भित्र सम्बन्धित सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
फेसबुक पेज Like गर्नुहोस