नेप्सेमा नौ लाख कित्ता बोनस सेयर सूचीकृत
खबर एक्सप्रेस
२०७९-०४-१३ ११:०५ मा प्रकाशित
Total Shares: 397
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस