काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पुरा गर्न सबैको सहयोग आवश्यक भएको बताए ।

सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता भएको बताउदै सुशासन कायम गरि शान्ति सुरक्षा कडा पार्न  निर्देशन समेत  दिए ।

समुदाय–प्रहरी पालिका समिति, चन्द्रागिरिले मंगलबार ग्रिनल्याण्ड बैंक्कट थानकोट चेकपोष्टमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अपराध नियन्त्रणमा प्रहरी सधैँ सजग रहेको र तेस्तो कार्यको सुक्ष्म निगरानी गरिरहेको बताए ।कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल स्थानीय जनप्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिति  थियो ।