कति छ आज सुनचाँदीको भाउ ?
खबर एक्सप्रेस
२०७६-०९-०२ ११:०० मा प्रकाशित
Total Shares: 772
काठमाडाैं - आज (बुधबार) सुनको भाउ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ सयले बढ्दै ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सयले बढेको छ । आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस