सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
खबर एक्सप्रेस
२०७८-०२-१० ०८:२३ मा प्रकाशित
Total Shares: 378
काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । एमालेले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ ।
फेसबुक पेज Like गर्नुहोस