काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगले ज्ञवालीले १ हजार ९ सय ४२ पाएको जनाएको छ । यो खुल्ला केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत हो ।

ज्ञवाली दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । यो महाधिवेशनमा उनले महासचिवमा दाबी गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उनले सो पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । उनले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली पक्षले पछि रघुजी पन्तलाई सूचीमा समेटेको थियो । पन्त उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

उनले छोडेको उपाध्यक्षमा पदमा रघुजी पन्तलाई समेटिएको थियो। उनी सुरुवातमा ओली प्यानलमा परेका थिएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको थियो। ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई समेटेका थिए।