अफगानिस्तानको राष्ट्रपति म हुँ : अमरुल्लाह सालेह
काठमाडौं - अफगानिस्तानमा तालिबानको शासन कायम हुँदैछ । तालिबानले आफ्नो शासनकालमा सरकार प्रमुख को हुने भन्ने निर्णय गरिसकेको छैन । तर, यही बीचमा अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेका छन् । उनले आफू अब देशको संरक्षक राष्ट्रपति हुने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले भनेका छन् ‘राष्ट्रपति अशरफ गनी देशभन्दा बाहिर हुनुहुन्छ । त्यसैले संविधानअनुसार अब म राष्ट्रपति हुँ । म सबैसँग समर्थनको लागि अपिल गर्छु । तालिबानले राजधानी काबुलमा कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी ३ दिन पहिले देश छोडेर भागेका थिए ।
राष्ट्रपति अशरफ गनी देश छाडेर भागेपछि त्यतिबेला उपराष्ट्रपछि अमरुल्लाह सालेहले पनि राष्ट्रपतिको साथमै देश छाडेको अनुमान गरिएको थियो । तर, उपराष्ट्रपति सालेहले आफू अफगानिस्तानमै भएको बताएका छन् । उपराष्ट्रपछि सालेह अहिले अफगानिस्तानकै पंजशीरमा भएको र त्यहाँ तालिबानविरुद्ध अगाडिको रणनीति बनाइँदै गरेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस