काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली जुडो खेलाडी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । योसँगै नेपालले जुडोमा दोस्रो स्वर्ण पदक जितेको छ ।
सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो ।
जारी सागमा नेपालले हालसम्म ४९ स्वर्ण जितेको छ ।

.gif)


