विवाहको आश्वासनमा फसेर दिल्ली पुगेकी नेपाली किशोरीको उद्धार
काठमाडौं - विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।
पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एपमार्फत कुराकानी गरेर फसाएका थिए। नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए। पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन्।
दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरीसँगै पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए। त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धी काम गर्ने महिलालाई सहयोग मागेकी थिइन्।
महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ। दलाल नन्दनले यसअघि पनि महिलालाई विवाह गर्ने आश्वासन दिएर महिलालाई बेच्ने गरेको खुल्न आएको छ।
त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ। सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नवीन जोशीले बताए।
दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ।
फेसबुक पेज Like गर्नुहोस