सुनको मूल्यमा भारी गिरावट
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस