काठमाडौं - हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । हङकङमा जारी क्रिकेटमा शनिबार बिहान भएको खेलमा नेपाल श्रीलंकासंग ३ विकेटले पराजित भयो ।

नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३ ओभर ४ ३ विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाका धनन्जय लक्षनले सर्वाधिक अविजित ३६ रन बनाए ।

बलिङमा नेपालका रुपेश सिंहले २ र लोकेश बमले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ‌ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो । सन्दीप जोराले सर्वाधिक ३९ रन बनाउदा लोकेश बमले अविजित ३१ रन रहेका थिए । बलिङमा श्रीलंकाका थरिन्दु रत्नायकेले सर्वाधिक २ विकेट लिए ।

नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।