नेताहरूले तलब खाएर होइन, भ्रष्टाचार गरेर देश कमजोर भयो: बालेन
काठमाडौं- मतदातासँग कुराकानी गर्दा बालेनले शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक स्थानीय युवाले प्रदेशका मन्त्री र सांसदले धेरै तलब खाइरहेको जिकिर गरेका थिए। त्यसपछि बालेनले भने , ‘प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’भ्रष्टाचार गरेर यस्तो भएको हो । नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको बालेनको भनाई थियो ।
यसअघि झापा-५ को सुकुम्वासी बस्तीमा पुगेका बालेनलाई सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका थिए । जसको जवाफमा बालेनले काठमाडौंको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने आश्वासन दिएका थिए । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् । मंगलबार झापा–५ का मतदाताहरुसँग कुराकानी गर्दै बालेनले यस्तो बताएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस