काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । 

सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न बैठक डाकिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । 

बैठकले केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने उनको भनाइ छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बस्ने राप्रपाले जनाएको छ ।